आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

यु–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौँ  । यु–१९ विश्वकपको एसिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् ।

बुधवार साँझ युएई पुगेको नेपाली यु–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिड्न लागेको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइसिसी यु–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई बुधवार बिदाइ गरेको थियो ।

क्यानका अनुसार दोस्रो खेल भने २५ फेब्रुअरी अर्थात् १३ फागुनमा कुवेतसँग हुनेछ भने कुवेतसँग खेल खेलेको एक दिनपछि लगतै नेपाली यु–१९ टोलीले  २७ फेब्रुअरी अर्थात् १५ फागुनमा हङकङसँग खेल्नेछ । 

२८ फेब्रुअरी अर्थात् १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात् १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलङ्कामा हुने  यु–१९ विश्वकप खेल्ने मौका पाउने छन् ।

त्यसका लागि यु–१९ क्रिकेट टिमका प्रशिक्षक जगत टमाटाले देव खनाललाई कप्तान चयन गरेका थिए ।  यस अघिका कप्तान गुल्सन झा सम्हाल्दै आएको कप्तानी युएईमा हुने अर्को खेल आइसिसी क्रिकेट विश्वकप लिग–२को शृङ्खलाका लागि सिनियर टिम मै रहने भएपछि देवलाई नयाँ जिम्मेवारी दिइएको हो ।

 

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  १० : ०८ बजे