प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भावी राष्ट्रपतिबारे आज निर्णायक वार्ता हुने 

काठमाडौँ । प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भावी राष्ट्रपतिका लागि लिएर आज निर्णायक वार्ता हुने भएको छ ।

अध्यक्ष प्रचण्डका अनुसार सो छलफल दिउँसो हुने भनिए पनि समय भने प्रधानमन्त्री दाहालले सार्वजनिक गर्नुभएको छ । उहाँले नेकपा एसका नेता माधवकुमार नेपाललाई भावी राष्ट्रपतिको रूपमा अगाडी सार्न माओवादी, नेकपा एस र जनता समाजवादी पार्टी नेपाल (जसपा नेपालबीच भएको सहमतिका बारेमा जानकारी गराउँदै त्यसका लागि ओलीसँग छलफल गर्न लाग्नुभएको हो । 

''सबैसँग छलफल चलिराख्या छ, फाइनल भइसकेको छैन । कुन दलले राष्ट्रपति पाउने भन्ने अहिले भइसकेको छैन’'', उहाँले सञ्चारकर्मीसँग बुधवार भन्नुभयो, ''भोलि (आज)एमाले अध्यक्षसँग पनि मेरो कुराकानी छ ।''

सो अघि बिहान नेपाली काँग्रेससँग बिहान ८ः०० बजे छलफल हुने बुझिएको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : ५१ बजे