दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

१० वर्षीया बालिका बलात्कार गरेको आरोपमा २० वर्षीय पुरुष पक्राउ

म्याग्दी । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगला गाउँपालिका-३ बरंजा बस्ने २० वर्षीय ओम भन्ने राज थापालाई प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई थापाले २०७९ भदौ ५ गते सोही ठाउँस्थित ताराखेतदेखि सिरकुम जोड्ने झोलुङ्गे पुलनजिक झाडीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ३ : ४७ बजे