काँग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै 

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा काँग्रेसको औपचारिक धारणा सार्वजनिक गर्ने काँग्रेसका एक नेताले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधवार भएको भेटघाटपछि काँग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ । तर, नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा काँग्रेसका नेता एकमत देखिएका छन् । 

 

प्रकाशित मिति : ११ फाल्गुन २०७९, बिहिबार  ६ : ४२ बजे