लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाउने

काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्तको लाभांश वितरणमा नयाँ व्यवस्था गरेकाे छ । राष्ट्र बैंकले बुधबार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेकाे हाे ।

जस अनुसार अब वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा माथिको साधारण प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ ।

यसअघि वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा २० प्रतिशत भन्दा प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियाे ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ८ : ०८ बजे