सकियो देउवा र माधव नेपालको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

बुधबार साँझ देउवा निवास धुम्बाराहीमा भएको छलफलमा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाल पनि सहभागी हुनुहुन्थ्याे  । 

 भेटका क्रममा  सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको प्रस्ताव र राष्ट्रपतिको उम्मेदवारको प्रस्ताव आएको भन्दै नेपालले आफुलाई सहयोग गर्न देउवालाई आग्रह गर्नुभएको बताइएको छ । यद्यपी उहाँहरूबीच के कुराकानी भयो भन्ने सार्वजनिक भइसकेको छैन ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ६ : ३८ बजे