ठेकेदार मनोज भेटवाल पक्राउ

काठमाडौं – इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक मनोजकुमार भेटवाल पक्राउ परेका छन्।  भेटवालले काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेका थिए। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार काठमाडौंबाटै पक्राउ गरेको हो।

भेटवाललाई बैंकिङ कसुरमा पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताउनुभयो ।

‘क’वर्गका ठेकेदार भेटुवाललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो। भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको यसअघि नै अनुसन्धानबाट खुलेको थियो।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ५ : ३७ बजे