यस्तो छ आजको विनिमय दर

नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन

बिराटनगर । नेकपा एमालेको भ्रातृ संगठन नेपाल खेलकुद महासंघको अध्यक्षमा परशुराम बस्नेत चयन भएका छन्। 

दोस्रो राष्ट्रिय महाधिवेशनबाट बस्नेत चयन भएका हुन । उनको नेतृुत्वमा १ सय ७१ सदस्यीय केन्द्रीय कमिटीसमेत चयन भएको छ ।

फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा भएको महाधिवेशनले अध्यक्षबाहेक पदाधिकारी र आयोगका पदाधिकारी भने टुंगो लगाउन सकेको छैन । बाँकी पदाधिकारीको भने केही दिनमा टुंगो लगाउने गरी महाधिवेसन सम्पन्न भएको छ ।

बस्नेत यसअघि खेलकुद महासंघका संयोजक थिए ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ७ : २५ बजे