दुई छोरासहित गण्डक नहरमा हाम फालिन् महिला, तिनै जनाकाे अवस्था अज्ञात छ

परासी । एक महिला दुई छोरासहित नवलपरासीको गण्डक नहरमा हाम फालेकी छन्। मंगलबार दिउँको २ बजे उनले दुई छोरा लिएर हाम फालेकी हुन्। 

 नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरास्थित गण्डक नहरमा कोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूको अवस्था अहिलेसम्म अज्ञात छ।

उनले दुवै छोरालाई दुई तिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ। 

उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। उनले के कति कारणले हाम फालिन भन्ने बारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ३१ बजे