साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा ४ मन्त्रीको पुनर्नियुक्ति

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार पूर्वमन्त्रीलाई आज पुनः मन्त्री नियुक्त गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा शुक्रबार टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री पुन नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनीहरूलाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २०७४ फागुन ३ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा चार जनालाई मन्त्री गरी कार्यभार समेत तोकिएको जनाएको छ ।

रायमाझीलाई ऊर्जा, जलस्रोत तथा सिंचाई, भट्टराई उद्योग, वाणिज्य तथा आपूर्ती, साहलाई शहरी विकास र चौधरीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनाइएको छ।  उनीहरु यसअघि जुन जुन मन्त्रालयमा कार्यरत थिए त्यही मन्त्रालयमा पुननियुक्ति गरिएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार  ४ : ३० बजे