यस्तो छ आजको विनिमय दर

स्कटल्यान्डसँग नामिबिया ४३ रनले पराजित

काठमाडौँ । त्री देशीय सिरिजका सबै खेलमा नामिबिया पराजित भएको छ । टियु मैदानमा स्कटल्यान्डविरुद्ध सोमबार दोस्रो खेलमा पनि नामिबिया पराजित भएको हो ।

२२२ रनको सामान्य लक्ष्य पछ्याएको नामिविया १७८ रनमै ३८.४ ओभरमा अलआउट भयो । नामिबियाका लागि ओपनर लो ह्यान्डल लौरेन्सले अर्धसतक पूरा गरे पनि अन्य ब्याटर चलेनन् ।

कप्तान जेरार्ड एरास्मस ४३ रनमा आउट भने जाने ग्रिनले २५ रन जोडे। ६ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि पहिलो खेलमा पनि नामिविया अलआउट भएको थियो। यो सँगै नेपालमा भएका चार वटै खेलमा नामिबियाले पराजय व्यहोरेको छ। यसअघि नेपालसँग पनि दुवै खेलमा पराजित भएको थियो । पहिलो खेलमा १० विकेटले पराजित भएको थियो। सोमबार ४३ रनले पराजित भयो ।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४८.४ ओभरमा २२१ रन बनाउँदै अलआउट भएको थियो । स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले ७५ बलमा ४७ रन बनाए । टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए ।

माइकल लिस्कले २९ रन बनाउँदा आजको खेलमा नै डेब्यु गरेका लियम नायलोर २० रन बनाएर आउट भए । म्याथ्यु क्रसले १६ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ९.४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । ट्याङ्गिनी लुङ्गिमिनीले २ विकेट लिँदा स्कटल्यान्ड सस्तैमा समेटियो । तर उत्कृष्ट फिल्डिङ गर्दै अंक खोस्न सफल भयो ।

स्कटल्यान्ड यसअघिनै विश्वकप लिग टूको च्याम्पियन बनिसकेको छ। मंगलबार स्कटल्यान्ड र नेपाल भिड्ने छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ४ : ४५ बजे