यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज रातो आलु २८ रुपैयाँ प्रतिकेजी र नेपाली गोलभेँडा ठुलो ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य अनुसार भारतीय सुन्तला ११० रुपैयाँ, कालो अङ्गुर र अनार २२० रुपैयाँ प्रतिकेजी रहेको छ । साथै, हरियो अङ्गुर १२०, अम्बा १००, आभोकाडो ४००, किवी ३५० प्रतिकेजी र केरा १५० रुपैयाँ दर्जन रहेको छ । 

यस्तै कन्य च्याउ प्रतिकेजी १०० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ ।  यता, ब्रोकाउली ३० रुपैयाँ, काउली स्थानीय ज्यापु ३० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ३०, तोरी साग २० रुपैयाँ, रातो मुला ६० रुपैयाँ रहेको छ । 

यस्तैगरी, तामा ९० रुपैयाँ, लोकल गाजर २५ रुपैयाँ, खुर्सानी सुकेको ४०० रुपैयाँ, हरियो खुर्सानी ९० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ८० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । 

यसैगरी, राजमा घिउ सिमी ८० रुपैयाँ, तिते करेला १२० रुपैयाँ, प्याज हरियो ३० रुपैयाँ, सुकेको प्याज ३२ रुपैयाँ, भिण्डी ११० रुपैयाँ, लौका ५० रुपैयाँ, नेपाली सुकेको लसुन ८० रुपैयाँ, हरियो धनियाँ ३० रुपैयाँ र कागती १५० रुपैयाँ प्रतिकेजी रहेको छ ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  १० : २७ बजे