‘एउटै नाउरको सिकार गर्न २३ लाख’

​​​​​​​कुरा मनासिब छ 

​​​​​​दुइटा नाउमा खुट्टा हाल्दा, जाँघ फाट्न सक्छ
भूइँको गेड़ी टिप्न खोज्दा पोल्टाको नि खस्छ  
हेक्का राख्नुस् सुप्रिमो जी कुरा मनासिब छ
परचक्रीको चलमलाइमा छलबल छिपेको छ

साँपलाई दुध पिलाए नि डस्न कहाँ भुल्छ 
जगका ईंट्टा खोस्री रहँदा घर गद्रम्मै ढल्छ 
बुद्धि पु(र्याउ सुप्रिमो जी गडबड हुन सक्छ 
विचारको अस्तित्वमा ठुलो धक्का लाग्छ

जाली छन् है वर्गशत्रु तिनले जालै गर्छन् 
लुच्चो हुन्छ तिनको जात लुटपाट गर्छन् 
माहुरी संग संगत गर्दा मधु(रस मिल्छ 
झिंगा संग संगत गर्दा गुहु मुखमा पर्छ

नडुलाऊ न धेरै चित्त, थामथुम पार्नु पर्छ
वंशजको हितका लागि अब सोच्नै पर्छ 
हुँदा होश गुमाएमा सखाप हुन सक्छ
होश आउँदा कुनैबेला हात रित्तै हुन्छ 

भेट्दा मिठो बोल्नेहरु मर्मकाटा हुन्छन्
चोंचो जोडी पीठपरी कुरा काट्ने गर्छन् 
पराईको हल्लुवाईले बेगार पार्न सक्छ 
आफ्नै घरको भुसेरोटो हितकारी हुन्छ

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ८ : ५९ बजे