राष्ट्र बैङ्कले १३ अर्बभन्दा बढीको ट्रेजरी बिलको बोलकबोल गर्ने

काठमाडौँ । केन्द्रीय बैङ्क नेपाल राष्ट्र बैङ्कले १३ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । 

राष्ट्र बैङ्कले फागुन १० गते बिक्री हुने ट्रेजरी बिलको बोलकबोल आज दिउँसो ३ बजेबाट सुरु गर्न लागेको हो  । 

यसअघि नै जारी सूचना अनुसार २८ दिने, ९१ दिने र १८२ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बिक्री गर्ने भएको हो ।

बैङ्कका अनुसार कुल ट्रेजरी मध्ये ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँ पुरानो ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गर्न लागिएको राष्ट्र बैङ्कले जनाइसकेको छ ।

खरिदकर्ताले तोकिएको समयभित्र अनलाइन आवेदन दिन सक्नेछन् । केन्द्रीय बैङ्कले फागुन २ गते ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : २२ बजे