विमानस्थलबाट १ लाख कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट वाह्‍य मुलुकतर्फ लैजान लागेको १ लाख २६ हजार ३ सय कतारी रियालसहित टर्कीस् नागरिक २९ वर्षीय HIDIL CAYAN SARICAKMAR लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

एयर ईण्डियाको उडानद्वारा दिल्ली जान लागेका उनलाई साथमा लुकाई लैजान लागेको उक्त कतारी रियालसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ५ : ५५ बजे