देशभरको मौसम सफा रहने पूर्वानुमान

मौन अवधि सुरु, के गर्न पाइँदैन

नामिबियाविरुद्ध नेपाल विजयी

काठमाडौं । आइसीसी विश्वकप लिग–२ अन्तरगत नामिबियाविरुद्धको खेलमा नेपालले सहज जित हात पारेको छ । नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ३ विकेट र १५ बल बाँकी छँदै पूरा गरेको हो ।

उत्कृष्ट ब्याटिङको नमुना प्रदर्शन गरेको नेपालले ४७.४ ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा गर्दै तीन विकेटको जित निकाल्यो।

नेपालको जितमा ब्याटिङतर्फ आसिफ सेख, ज्ञानेन्द्र मल्ल र  कुशल मल्ल तथा बलिङतर्फ सन्दीप लामिछानेले मुख्य भूमिका निभाए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २ सय ७५ रनको लक्ष्य ४७.३ ओभरमा ७ विकेट गुमाएर पुरा गर्दै नेपालले सानदार जित निकालेको हो ।

नेपालको जितमा आसिफ र ज्ञानेन्द्रले कीर्तिमानी १३९ रनको साझेदारी गरे । जुन नेपाली क्रिकेटमा हालसम्मकै उच्च साझेदारी हो ।

ओपनर कुशल भुर्तेल ५ बलमा १ रन बनाएर आउट हुँदा आसिफले ९८ बलमा ८ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८१ रन जोडे ।
ज्ञानेन्द्र मल्ले ७४ बलमा ५ चौका र तीन छक्का प्रहार गर्दै ६५ रन जोडे ।

कुशल मल्ले चौथो विकेटका लागि कप्तान रोहित पौडेलसँग ९२ रनको साझेदारी गर्दै ४९ बलमा ६ चौका र ४ छक्कासहित ६२ रन जोडेर क्याच आउट भए ।

रोहित ४२ बल ५ चौकाको मद्दतमा ३९ रन बनाएर पभेलियन फर्किए ।

नामिबियाको बलिङमा रुबेन ट्रम्पलम्यानले सर्वाधिक तीन विकेट लिए । बर्नाद स्कोल्जले दुई विकेट लिँदा, ताङगेनी लुङ्गामेनी र पिकी या फ्रान्सले समान एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ थालेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका लागि जेन ग्रिनले सर्वाधिक ७५ रनको अविजित इनिङ खेले । उनले छैटौँ विकेटका लागि पिकी या फ्रान्ससँग ९४ रनको साझेदारी गर्दै ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे । फ्रान्स ३९ बलमा ४ चौका र ३ छक्कासहित ३९ बलमा ४९ रन बनाएर आउट भए । सोमपाल कामीको बलमा रनआउट हुँदा फ्रान्स अर्धशतक बनाउन चुके ।

ओपनर लोहान्द्रे लोउरेन्स ४१ रनमा आउट हुँदा, कार्ल ब्रिकेनस्टक २० रन र माइकल भान लिङगेन २२ रनमा पभेलियन फर्किएका थिए । कप्तान जेरार्ड इरास्म्स र जान निकोल लोफ्टी–एटन समान १५ रनमा आउट हुँदा रुबेन ट्रम्पलमेन २४ बलमा अविजित रहे ।

नेपालको बलिङमा सन्दीप लामिछानेले १० ओभरमा ४६ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । नामिबियासँग तीन विकेट लिएसँगै सन्दीप लिग २ मा सर्वाधिक विकेट लिने तेस्रो खेलाडी भएका छन् । उनले २३ खेलबाट ५१ विकेट लिएका छन् । त्यसबाहेक करण केसीले नेपालका लागि एक विकेट लिए ।

पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको थियो । नामिबियालाई हराउँदै लगातार लगातार तेस्रो जित निकालेको नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्ने सम्भावना बचाइराखेको छ ।

नेपालले लिग २ मा २७ खेलमा ११ जित १४ हार एक बराबरीसहित २४ अंक जोडेको छ ।

जारी शृंखलामा नेपालको यो लगातार तेस्रो जित हो। पहिलो खेलमा नामिबियाले दिएको दुई सय ८६ रनको लक्ष्य पूरा गरेको नेपालले शुक्रबार दुई सय ७५ रनकै लक्ष्य पूरा गरेको थियो।

यो शृंखला सुरु हुनुअघि नेपालले सबैभन्दा ठूलो लक्ष्य दुई सय ५५ रनको मात्रै पूरा गरेको थियो। नेपालले शृंखलाको अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग खेल्ने छ। जितसँगै नेपालले २७ खेलबाट लिग २ तालिकामा २४ अंक जोडेर छैटौं स्थानमा छ। स्कटल्यान्ड यसअघि नै च्याम्पियन बनिसकेको छ। नेपाललाई शीर्ष तीनमा पर्न बाँकी ९ वटै खेल जित्नु पर्ने दबाब छ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ४ : ५७ बजे