दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

जाजरकोटको जुनीचाँदेका दुई वडामा तोडफोड

सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिका भित्रका दुई वडामा अज्ञात समुहले तोडफोड गरेको छ । हिजो राती वडा नं ३ र ५ को वडा कार्यालयमा तोडफोड भएको गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिनुभयो ।

वडा नं. ३ मा ताला फोडेर ल्यापटप महत्वपूर्ण कागजातहरु चोरी भएका छन् भने वडा नं ५ मा दुई वटा ल्यापटप, प्रिन्टर, नागरिकता सम्बन्धी फाइलहरु चोरी भएको नेपालीले बताउनुभयो ।

वडा कार्यालयहरुमा प्रहरी पुगिसकेको र आवश्यक अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । कसले वडा कार्यालयमा तोडफोड गरेको भन्ने खुल्न सकेको छैन।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ३ : ५२ बजे