दुर्गा प्रसाईँलाई कारबाही गर्न एमाले प्रदेश कमिटीको सिफारिस 

झापा । नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईँलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। 

रहनुभएका प्रसाईँले पार्टीको नीति, सिद्धान्त विपरीत गतिविधि गरेको भन्दै उहाँलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।

एमाले केन्द्रीय सदस्य प्रसाईँले यही फागुन १ गते पूर्व राजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा  ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गराउनुभएको थियो ।  

कार्यक्रममा पूर्व राजासँगै पूर्वरानी कोमल शाह, पूर्व राजकुमार पारस, पूर्व राजकुमारी शिताष्म शाह सहभागी हुनुभएको थियो। पार्टीलाई कुनै खबर नै नगरी राजाबादी तथा हिन्दु अतिवादीहरूसँग मिलेर कार्यक्रम गरेको भन्दै उहाँको आलोचना हुँदै आएको थियो ।

दुर्गा प्रसाईँको पछिल्लो समय पार्टीको नीति र सिद्धान्त विपरीत, संविधान विरोधी र राजतन्त्रको वकालतमा प्रस्तुत हुन थालेपछि कारबाही सहितको राय केन्द्रीय कमिटीलाई सिफारिस गरिएको एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  १२ : २० बजे