धरहराबाट उपत्यका नियाल्ने रहर

काठमाडौँ मोबाइल चोरीका आरोपी भैरहवामा पक्राउ

भैरहवा । काठमाडौँको नयाँ बसपार्कस्थित लोत्से मलमा मोबाइल लुटेको आरोपमा रुपन्देही प्रहरीले एक युवकलाई भैरहवाबाट पक्राउ गरेको छ ।  

रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–६ बस्ने १८ वर्षीय कमल कार्की रहेका छन् । कार्कीसँग चोरीका तीन थान मोबाइल पनि बरामद भएको अर्यालले बताउनुभयो । 

फागुन १ गते यातायात व्यवसायीको प्रदर्शनका क्रममा काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँ बसपार्कमा रहेको लोत्से मलमा लुटपाट भएको थियो । 

मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसीडीसी मोबाइल प्रालि, डायमण्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुटिएका थिए । 

सोही घटनामा फरार भएको भन्दै प्रहरीले आरोपी कार्कीलाई सिद्धार्थनगर–३ बाट शुक्रवार पक्राउ गरिएको प्रहरी प्रवक्ता अर्यालले बताउनुभयो । 

कार्कीलाई पक्राउ गरी बरामद मोबाइलसहित आवश्यक कारबाहीका लागि शुक्रवार नै प्रहरी वृत्त महाराजगञ्ज काठमाडौँ पठाइएको अर्यालले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ३८ बजे