यस्तो छ आजको विनिमय दर

स्कटल्याण्डले दियो नेपाललाई २७५ रनको चुनौती

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २७५ रनको चुनाती दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो । 

स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे ।

नेपालका लागि सन्दीप लामिछानेले ३,  कुशल मल्लले २,  सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिए । 
 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  १२ : ४९ बजे