काठमाडौँ । नयाँ बसपार्कस्थित ल्होत्सेको मोबाइल पसलमा तोडफोड गरी मोबाइल चोरी गरेको आरोपमा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा २३ वर्षका रोजन डङ्गोल, ३० वर्षका रितेश बस्नेत, ३० वर्षका एमन राई ३० वर्षका सुजन तामाङ, २३ वर्षका सुवास अधिकारी र १९ वर्षकी जोना चौधरी छन् ।
जिल्ला प्रहरी परिसर, टेकुका अनुसार पक्राउ परेकाहरूबाट मोबाइल, एयर फोन, यूएसबी केबललगायतका सामाग्री बरामद गरिएको छ ।
सिसिटिभीको विश्लेषण गरेर उनीहरूलाई पक्राउ गरिएको हो । चोरी तथा डाँका कसुरमा मुद्दा चलाइएको उनीहरूलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अदालतबाट अनुमति लिइसकिएको छ ।
प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ८ : ४९ बजे
प्रतिक्रिया