कति छ आजको तरकारी तथा फलफूलको मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सार्वजनिक गरेको छ । 

जसअनुसार आज शुक्रवार कालो अङ्गुरको औसत मूल्य प्रतिकेजी २०० रुपैयाँ , हरियो अङ्गुर १२० रुपैयाँ, अदुवा ९०, नेपाली ठुलो गोलभेँडा ४० रुपैयाँ, अनार ३०० रुपैयाँ, अमला ७० रुपैयाँ, अम्बा १०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

उता, रातो आलु २६ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, कागती १५० रुपैयाँ, किवी ३५० रुपैयाँ, अकबरे खुर्सानी २५० रुपैयाँ कायम गरिएको छ । 

विकास समितिका अनुसार लोकल गाजरको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, टनेल गोलभेँडा १५ रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, चमसूरको साग ५० रुपैयाँ, कन्ये च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३५० रुपैयाँ, तितो करेला १३० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, परवर तराई  १८० रुपैयाँ, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ६० र हरियो धनियाँ ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : ३० बजे