आन्तरिक हवाई उडानमा अत्यधिक चाप

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित (सुचीसहित)

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाविधानबाट अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ । 

आज बिहान सम्पन्न मतगणनाको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिनुभयो । बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गर्नुभयो । 

यस्तै, उपाध्यक्षमा गोविन्द गिरी (७६३ मत), नारायण घर्ती (७५१), मर्यादा विष्ट (६७५) र धर्म गिरी (५०१ मत)  निर्वाचित हुनुभएको छ ।

महासचिव नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय हुनुभएको छ ।

यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित हुनुभएको छ । 

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित  १९९ सदस्यीय केन्द्रीय कमिटी  र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा  १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाधिवेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।   

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित (सुचीसहित):

 

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ७ : २० बजे