मोलुङ हाइड्रोपावरको आइपिओ आजबाट बिक्री खुला

काठमाडौँ । मोलुङ हाइड्रोपावरले आजदेखि आइपिओ निष्कासन गरेको छ ।

कम्पनीले सर्वसाधारणका लागि २७ लाख २८ हजार ५०० कित्ता आइपिओ जारी गरेको हो । 

कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ भने बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्। यस मध्ये १०५ अर्थात् २ लाख ७२ हजार ८५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ ।

आवेदकहरूले यसमा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन १८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

लगानीकर्ताले आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैङ्क तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।  

यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  १० : ३४ बजे