आन्तरिक हवाई उडानमा अत्यधिक चाप

नेता भण्डारीलाई देश बाहिर लगेर उपचार गर्न अस्पतालको सुझाव

काठमाडौँ । गए राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते हुनुभएका नेपाली काँग्रेसका नेता डा चन्द्रकान्त भण्डारीको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको छ । 

नेता भण्डारीसँगै उहाँका आमा ८६ वर्षीया हरिकलाको पनि आइसियुमै उपचार भइरहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले जानकारी दिनुभयो । 

गए राति आफ्नै घर बुद्धनगरमा ग्यास सिलिन्डर पड्किएर दुवै जना घाइते हुनुभएको हो । 

अस्पतालका जलन उपचार विभागका प्रमुख डा किरण नकर्मीका अनुसार नेता डा भण्डारीको अनुहार, दुवै हात र  गोडामा २५–३० प्रतिशत तथा आमा हरिकलाको जीउको अधिकांश भाग गरी ७० प्रतिशत जलेको छ । 

डा. भण्डारी र आमा हरिकलाको श्वासनलीमा तातो हावा र धुवाको कारणले जलन भएको हुनसक्ने अत्यधिक सम्भावना रहेको डा नकर्मीको भनाइ छ । 

नेपालमा भएको साधन र स्रोतले उपचार सम्भव नभएकाले देश बाहिर सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न स्थानान्तरण (सिफारिस)गरिएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ९ : ४९ बजे