आन्तरिक हवाई उडानमा अत्यधिक चाप

ग्यास सिलिन्डर विस्फोट हुँदा काँग्रेस नेता भण्डारी घाइते

काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली काँग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी घाइते हुनुभएको छ । 

गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उहाँकी आमा ८६ वर्षीया हरिकला समेत घाइते हुनुभएको छ ।  

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिन्डर विस्फोटबाट घाइते नेता भण्डारी र उहाँकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । उहाँ गए राति नै उक्त अस्पताल पुग्नु भई नेता भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । 

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ५७ बजे