गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । 

गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेशभर सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो । 

गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो ।

सङ्घीय सरकारले दिएकाबाहेक प्रदेश सरकारले वर्षमा ६ दिनसम्म बिदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

 

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : २५ बजे