आन्तरिक हवाई उडानमा अत्यधिक चाप

न्यायाधीश भुवन गिरीविरुद्ध प्रदर्शन गर्दै संसदभवन अगाडि आत्मदाह गर्न खाेजेका चार महिला  पक्राउ

काठमाडौँ । यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद्‍ भवन अगाडि  प्रदर्शनमा उत्रिएका चार प्रदर्शनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबारको प्रदर्शनमा सहभागी चार महिलालाई प्रहरीले पक्राउ गरेको हो । संसद्‍ बैठक चलिरहँदा यौन हिंसाको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै संसद्‍ भवन बाहिर सडकमा केही महिलाहरूले विरोध प्रदर्शन गरेका थिए ।

न्यायाधीश गिरीलाई कारबाहीको माग  महिलाहरुले संसदभवन बाहिर टायर बालेर प्रदर्शन  गर्न लागेका थिए ।

पक्राउ पर्नेहरुमा न्यायाधीशकी श्रीमती आरती गिरी, विनु यादव, क्रितिका यादव, कृष्ण कठायत, सरिना फुयाल रहेका छन्  । श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी गिरीकी पत्नी आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन्  ।

कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमतीसहितका महिलाहरूले बुधबार दिउँसो प्रदर्शन गरेका थिए । प्रहरीले गिरीकी श्रीमतीसहित चार जना महिलाहरूलाई पक्राउ गरेको हो ।

जिल्ला अदालतका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् ।

पक्राउ परेका महिलाहरुले संसदभवन अगाडि आत्मदाह गर्ने भन्दै पेट्रोल, काँचका सीसा बोकेर आएका थिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ४ : २३ बजे