आन्तरिक हवाई उडानमा अत्यधिक चाप

मुस्ताङबाट पोखरा आउँदै गरेको बस कालीगण्डकीमा खस्यो,१७ जना घाइते

पोखरा । मुस्ताङको लेतेनजिकै ना‍‍. ७ ख ७४४० नम्बरको बस कालीगण्डकीमा खसेको छ । मुस्ताङको जोमसोमबाट पोखरा आउँदै गरेको बस बुधबार बिहान दुर्घटना हुँदा १७ जना घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले बताउनुभयो ।

बसमा १२ जना पुरुष, ४ जना महिला र १ जना नाबालक यात्रु सवार थिए। दुर्घटनामा बिमती परियार, शर्मिला परियार, लक्ष्मी परियार, सुनिल परियार, राजकुमार बुढाथोकी, उमेश सापकोटा, पेमा छेतेन बिक, सुग्रिब परियार (नाबालक) र भारतीय नागरिक सुनिल पटेल, अपिता गोगय गम्भीर घाइते भएका हुन्।

सामान्य घाइते भएका ७ जनालाई लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ। उनीहरुमध्ये ३ जना यात्रुलाई पोखरा लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । २ जना घाइते विदेशी पनि रहेको प्रजिअ केसीले बताउनुभयाे ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ०१ बजे