आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमालेको ‘मिसन ग्रासरुट’ फागुन ५ गतेबाट सुरु हुने, को नेता कहाँ खटिँदै ?

काठमाडौँ । नेकपा (एमाले)को ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियान यही फागुन ५ गतेबाट सुरु हुँदै छ । 

अध्यक्ष केपी शर्मा ओलीले अभियान सुरुको दिन फागुन ५ गते १२ः१५ बजे सात प्रदेश र विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट एक साथ सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ ।

यस अभियानलाई प्रभावकारी बनाउन मिसन ग्रासरुट अनुगमन र संयोजनमा रहनुभएका  नेताहरूको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा मङ्गलवार बसेको अनौपचारिक बैठकले अभियानमा खटिनुहुने सदस्यहरूको नाम  टुङ्गो लगाएको छ । बैठकले अभियानको उद्देश्य, कार्य योजना र कार्यादेशका बारेमा पनि छलफल गरी टुङ्गो लगाएको छ ।  

मूलतः केन्द्रीय कमिटी सदस्यहरूलाई पालिका तहमा दुई महिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको छ । अभियानको अनुगमन र संयोजनका लागि पार्टीका उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरू खटिनुहुने भएको छ । 

जस अनुसार प्रदेश–१ मा
अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की

मधेस प्रदेश
ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल

बाग्मती प्रदेश
सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशिनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ

गण्डकी प्रदेश
युवराज ज्ञवाली, पदमा कुमारी अर्याल, किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा

लुम्बिनी प्रदेश
​​​​​​​रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य,  भानुभक्त ढकाल र राजन भट्टराई  

कर्णाली प्रदेश
सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई,  यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्वाहाम्फे

सुदूरपश्चिम प्रदेश
विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, विन्दा पाण्डे र कर्णबहादुर थापा

विशेष कमिटी (केन्द्रीय कार्यालय)
शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र डा। भीष्म अधिकारी हुनुहुन्छ ।

‘मिसन ग्रासरुट’ (पार्टी सुदृढीकरण तथा विस्तार  अभियान)को विस्तृत जानकारी :

अभियानमा खटिनुहुने नेताहरूको नामावली यस प्रकार छ: ​​​​​​​​​​​​​​

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : १५ बजे