सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रपति भण्डारी आज दाङ जानुहुँदै 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज दाङ जानुहुने भएको छ । 

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा निर्माण गरिएको आयुर्वेद शिक्षण भवनको समुद्घाटनका लागि उहाँ आज त्यसतर्फ जान लाग्नुभएको हो । 

नेपाल संस्कृत विश्वविद्यालयको पत्रकार भेटघाटको कार्यक्रममा विश्वविद्यालयका कुलसचिव माधव अधिकारीले आज राष्ट्रपति भण्डारीले आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिनुभयो । 

रु २४ करोड ७२ लाख ३८ हजार चार सय ६६ लागतमा २०७४ साल असारमा भवन निर्माण सम्पन्न भएको थियो । निर्माण कम्पनीले विसं २०७४ मङ्सिर ३ गते आयुर्वेद अध्ययन संस्थालाई भवन हस्तान्तर गरेको थियो । 

नेपाल संस्कार विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट सो भवन निर्माण गरिएको कुलसचिव अधिकारीले बताउनुभयो । तीन तले सो भवनमा एक सय आठ कोठा रहेका छन् । उक्त भवनलाई लुम्बिनी प्रदेशको कोरोना विशेष अस्पताल सञ्चालन गरी कोरोनाका बिरामीको उपचारमा प्रयोग गरिएको हो ।महामारीको प्रभाव कम भएपछि भवनलाई पूर्ण रूपमा शिक्षणमा उपयोग गरिएको छ । 

राष्ट्रपतिबाट भवन उद्घाटन गराउँदा संस्कृत विश्वविद्यालयप्रति राज्यको ध्यानाकर्षण हुने अपेक्षा गरिएको विश्वविद्यालयले जनाएको छ ।

त्यस्तै संस्कृत वाङ्मयका गतिविधिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा जानकारी गराउने प्रयास गरिरहेको कुलसचिव अधिकारीले बताउनुभयो ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ७ : ४२ बजे