सुनको मूल्यमा नयाँ कीर्तिमान

वर्षमान पुन चीन प्रस्थान

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन्। पत्नी ओनसरी घर्तिमगरसहित उनी फलोअपका लागि मंगलबार चीन प्रस्थान गरेका हुन्।

चाइना साउर्थनको एयरबाट उनी चीन गएका हुन्। जन्डिसबाट पीडित पुन चीनमा नियमित उपचार गराउँदै आएका छन्। उनी सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराउनेछन्। 

स्वास्थ्यकर्मीको परामर्शपछि उनी उपचारका लागि चीन गएका हुन्। केही दिनअघि रोल्पाको एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा पुनको स्वास्थ्यमा समस्या आएको थियो। लगत्तै उनलाई हेलिकोिप्टरबाट काठमाडौं ल्याइएको थियो। 

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेनमा उपचार गराउँदै आएका छन्।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ६ : १५ बजे