यस्तो छ आजको विनिमय दर

कुशलको शतकमा नामिबियामाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशी एकदिवसीय श्रंखलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध कीर्तिमानी जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाएर पुरा गर्दै २८७ रन बनायो । जुन एकदिवसीय क्रिकेटमा हालसम्म नेपालले चेज गरेको र बनाएको सबैभन्दा ठूलो स्कोर हो ।  

ओपनर कुशल भुर्तेलले ओडीआईमा पहिलो शतक प्रहार गरेपछि नेपालले शानदार जित हासिल गरेको हाे । भुर्तेललको ११५ रन मद्दतमा नेपालले ओडीआईमा कीर्तिमानी लक्ष्य पूरा गर्दै खेल जितेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ५ : ०५ बजे