‘एउटै नाउरको सिकार गर्न २३ लाख’

तोड्नु हुन्न बाचाबन्धन (कविता)

मिल्यो संयोग बहुमूल्य हातेमालो गर्ने
जनताका पक्षधरले काँध मिलाई चल्ने
देश विकास गरौँ मिलि एउटै लय लिई
अकलमन्द हाम्रो मेल फुल्छ पुष्ट भई

रुक्नु हुन्न अघि बढ्दा ठेस लागे पनि
छुट्नु हुन्न एकलासमा खुट्टै गले पनि
तोड्नु हुन्न बाचाबन्धन मर्ने परे पनि
छोड्नु हुन्न संगीलाई तृष्णा मेटे पनि

हिड्नु पर्छ बाटैबाटो अकाश गर्जे पनि
अड्नु पर्छ जमीनमा धर्ती हल्ले पनि
छेक्नु पर्छ पहाड़ बनि हुरी आए पनि
बस्नु पर्छ धुरी माथि चड्को परे पनि

चाट्नु हुन्न जुठो थुक मिठो भए पनि
उड्नु हुन्न कल्पनामा घुम्न थाले पनि
अपूर्व यो लगनगाँठो कसौं मन्थन गरी
गाथा लेखौं यो देशको दुश्चक्रलाई तोड़ी

लोभ स्वार्थ आवेगले भड्खालोमा झार्छ
अन्यत्रीका मोहजालले घर न घाट पार्छ
जनवादी राष्ट्रबादी साथसाथ हिड्नु पर्छ
देशबासीको रखवारीमा केन्द्रित हुनै पर्छ

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ४ : ३२ बजे