सरकार र मजदुरबीच वार्ता जारी

काठमाडौं ।  सरकार र  यातायात मजदुर नेताहरु बीच वार्ता सुरु भएको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जारी वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलनरत मजदुर संगठनको नेताहरुसँग वार्ता सुरु भएको हो ।

हिजो बालाजु क्षेत्रमा भएको आगजानी र तोडफोडको घटना भएकाे थियाे । तीनवटा मजदुर संगठनले आज सवारी साधान नचलाउने निर्णय गरे पछि उनीहरुलाई बार्तामा बोलाएको हो ।

मजदुर संगठनको हडताल पछि काठमाडौं उपत्यकामा सवारी साधान कमै मात्रा चलेका छन । जसका कारण यात्रुहरु अलपत्र अबस्थामा छन । 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  १० : ०२ बजे