सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । आइतबार पनि सोहि मूल्यमा कारोबार भएको थियो । 

यता सोमबार चाँदी प्रतितोला १२ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।  आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
 

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ११ : ४७ बजे