आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समिति बैठक 

काठमाडौँ  । निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।

आज अपराह्न ३ः०० बजे, बसुन्धारामा बस्ने बैठकमा सभापति रबि लामिछानेले राजनीतिक संयन्त्रमा भइरहेको छलफल तथा चितवन–२ मा हुने उपनिर्वाचनको उम्मेदवारीका बारेमा छलफल गर्नेछन् ।

“मुख्यतः पार्टीको जिम्मेवारी बाँडफाँडको विषयमा छलफल हुनेछ, साथै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ”, केन्द्रीय सदस्य तथा सांसद मनिष झाले भन्नुभयो। 

आइतबार बसेको सत्ता साझेदार दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सभापति लामिछानेले चितवन–२ मा तत्काल उपनिर्वाचन गराउनुपर्ने माग गर्नुभएको थियो। लामिछानेको सो मागमा सकारात्मक भएको जानकारी दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगसँग यसबारेमा छलफल भइरहेको जनाउनुभएको थियो। तर, अपराह्न निर्वाचन आयोगले १० वैशाखमा चितवन–२ मा उपनिर्वाचन गर्ने घोषणा गरेको थियो ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ४७ बजे