यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले  फलफूल तथा तरकारीको बजार मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज कालो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अङ्गुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ, अनार ३०० रुपैयाँ, किवी ३०० रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ७० रुपैयाँ र अम्बा १०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ५० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु १८ रुपैयाँ, स्थानीय काउली १२ रुपैयाँ, कागती १४० रुपैयाँ, अकबरे खुर्सानी २०० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम गरिएको छ ।

सोमबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, तितो करेला १८० रुपैयाँ, तोरी र रायोको साग ३० रुपैयाँ, जिरा, चमसुर, मेथी, पालूगो र सौंफको साग ५० रुपैयाँमा तोकेको छ । 

उता, छ्यापी सुकेको ३०० रुपैयाँ, छ्यापी हरियो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३६ रुपैयाँ, हरियो प्याज ७० रुपैयाँ, नेपाली सुकेको लसुन ८० र हरियो लसुन ६० रुपैयाँ, लौका ५० रुपैयाँ, स्कूस ४० रुपैयाँ, पुदिना ५०० रुपैयाँ र हरियो धनियाँ ३० रुपैयाँ रहेको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ केजी, बचुवा माछा २६० रुपैयाँ केजी, मंगुरी माछा २८० रुपैयाँ र रहु माछा ३४० रुपैयाँ केजी मूल्य तोकेको विकास समितिले जनाएको छ।  

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ०३ बजे