राष्ट्र बैङ्कको निर्देशनपछि सबै बैङ्कका सेवा आज सुचारु नै रहने 

​​​​​​​काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अकस्मात् १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने भन्दै सार्वजनिक बिदा दिए पनि बैङ्कहरूका अत्यावश्यक सेवा भने सुचारु हुने भएका छन् ।  

नेपाल राष्ट्र बैङ्कले एक सूचना जारी गरी मुलुकभरका बैङ्कहरूलाई अत्यावश्यक सेवा प्रवाह नरोक्न भन्दै सेवाग्राहीहरूको हितमा ध्यानमा राखी बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म बैङ्क सञ्चालन गर्न निर्देशन समेत दिएपछि सेवा अवरुद्ध नहुने भएको हो । 

“नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत बैङ्किङ सेवा प्रदान गर्न बिहान ११ः०० बजेदेखि अपराह्न १ः०० बजेसम्म बैङ्क तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्ने व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ”, राष्ट्र बैङ्कले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : ४१ बजे