लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिनुभयाे शपथ

दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएकाे छ । आइतबार दाङको राप्ती गाउँपालिका मौरीघाटमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त हुनुभएका मन्त्रीलाई शपथ ग्रहण गराउनुभएकाे हाे । 

पुनर्गठित मन्त्रिपरिषदमा नेकपा एमालेबाट तीन जना, माओवादी केन्द्रबाट दुई जना, राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त हुनुभएकाे थियाे । 

समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिनुभएकाे हाे । 

सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ५ : २३ बजे