सरकारले १४ प्रतिशतले घटायो चालु आर्थिक वर्षको बजेटको आकार (पूर्णपाठ)

काठमाडौं । सरकारले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेट घटाएको जानकारी दिनुभएको हो ।  

गत १५ जेठमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पेसको गरेको बजेटको आकारलाई घटाउनुभएको हो । तत्कालीन अर्थमन्त्री शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गर्नुभएको थियो । सोही बजेटको आकारलाई १४ प्रतिशतले घटाउँदै अर्थमन्त्री पौडेललले चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोडमा झार्नुभएको हो ।  

अर्थमन्त्री पौडेलले चालु खर्च ११ खर्ब ८३ अर्ब २३ करोडबाट १० खर्ब २१ अर्ब ९२ करोड, पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोडबाट  ३ खर्ब १३ अर्ब ८५ करोड, वित्तीय व्यवस्थामा २ खर्ब ३० अर्ब २१ करोड रुपैयाँबाट २ खर्ब १४ करोडमा झार्नुभएको हो ।  

१४ खर्ब ३ अर्ब १४ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा अर्थमन्त्री पौडेलले घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड संकलन हुने अनुमान प्रतिनिधिसभामा पेस गर्नुभएको हो । 

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ४ : १८ बजे