आन्तरिक हवाई उडानमा अत्यधिक चाप

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु

काठमाडौँ ।  सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । 

उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, समसामयिक राजनीति लगायतका विषयमा छलफल हुने बुझिएको छ ।

यसअघि शुक्रवार पनि राजनीतिक संयन्त्रको बैठक बसेको थियो । उक्त बैठकले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको थियो । 

बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ । 

सत्तारुढ गठबन्धन तथा सरकारमा भएर पनि सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ९ : ३६ बजे