आन्तरिक हवाई उडानमा अत्यधिक चाप

एमाले अध्यक्ष ओली आज गृह जिल्ला झापा जानुहुँदै

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाँदै हुनुहुन्छ ।

झापाको गौरादह–५ खयरबारीबाट मोरङ जोड्ने पुलको उद्घाटन गर्न अध्यक्ष ओलीले आज  त्यसतर्फ जान लाग्नुभएको हो । 

अध्यक्ष ओलीले आजै गौरादह– ४ स्थित डोरमारी माविको नवनिर्मित भवनको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कार्कीले जानकारी दिनुभयो ।

अध्यक्ष ओली आज दमकस्थित आफ्नै निवासमा बस्नु हुनेछ । त्यहाँ पार्टीका विभिन्न तहका तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुहुनेछ । 

अध्यक्ष ओलीले सोमबार शिवसत्ताक्षी नगरपालिकाको झिलझिलेमा रहेको वाटर किङडम पार्कमा आयोजित कार्यक्रममा सहभागी हुने र सोमबार नै काठमाडौँ फर्कने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २९ माघ २०७९, आइतबार  ७ : ५६ बजे