आन्तरिक हवाई उडानमा अत्यधिक चाप

सरकारी गाडी फिर्ता गर्न पूर्वमुख्यमन्त्रीको आनाकानी

हेटौंडा । संघीय सासंद वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेश सरकारले उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका पूर्वमुख्यमन्त्री पाण्डे मंसिर ४ गतेको निर्वाचनमा धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । 

प्रतिनिधिसभामा शपथ लिएपछि उहाँले वाग्मती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।  मुख्यमन्त्रीबाट राजीनामा दिएको ७ दिनभित्र सवारीसाधन फिर्ता गर्नुपर्ने भएपनि पूर्वमुख्यमन्त्री पाण्डेले अझै सवारी फिर्ता गर्नुभएको छैन । उहाँले प्रयोग गर्दै आएको वाग्मती प्रदेश ०३–००१–०११३ नम्बरको सवारी फिर्ता गर्न अझै अटेरी गर्दै आइरहनुभएको छ । 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ३ : ०६ बजे