आन्तरिक हवाई उडानमा अत्यधिक चाप

भागबण्डा नमिल्दाको परिणाम सुदूरपश्चिममा सरकार फेरबदल : मन्त्री चौधरी

विराटनगर । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सुदूरपश्चिम प्रदेशमा मध्यावधि निर्वाचन हुने बताउनुभएको छ । 

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले शक्ति सन्तुलनका अनुसार भागबण्डा नमिल्दाको परिणाम स्वरूप सुदूरपश्चिममा सरकार फेरबदल भएको बताउनुभयो । 

उहाँले नागरिक उन्मुक्ति पार्टीसँग समयमा शक्ति सन्तुलन भएको भए यो अवस्था नआउने तर्क गर्दै त्यहाँ राजनीतिक दल र मुख्यमन्त्री समेत चुकेको बताउनुभयो । 

नयाँ बनेको काँग्रेस नेतृत्वको सरकारलाई पनि राष्ट्रिय उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताइरहेको भन्दै उहाँले त्यहाँ मध्यावधि निर्वाचन हुने बताउनुभयो । 

मन्त्री चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी पुनः सरकारमा आउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो ,  “कुरा भइरहेको छ, उहाँहरू पुनः सरकारमा आउन सक्नुहुन्छ ।”  

उहाँले दुई वटा सरकारका रूपमा रहेका ब्यूरोक्र्याट्स र जनताका  मन्त्रीहरू बीचको तालमेल मिलाउन प्रधानमन्त्रीले भूमिका निर्वाह गरेकाले दुई पक्षबिच सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  १२ : १७ बजे