कालिकोट । कालिकोटमा एक सुत्केरीको हेलिकप्टरमार्फत आकस्मिक उद्धार गरिएको छ ।
तिलागुफा नगरपालिका–७ की ३४ वर्षीया दन्दा विष्ट रावतलाई अत्यधिक रक्त श्राप भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय कालिकोटका अनुसार रावतलाई थप उपचारका लागि हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।
विष्टको बच्चाभन्दा पाठेघरको मुखमा पहिला साल आएर बसेको र अत्यधिक रक्तस्राव भएपछि जिल्लामा उपचार सम्भव नभएकाले सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय कालिकोट डा.रत्नवीर सुनारले जानकारी दिनुभयो।
बिष्टलाई तत्काल अप्रेसनपछि बच्चालाई आइसियुमा राख्नुपर्ने भएकाले प्रदेश अस्पताल पठाइएको हो ।
प्रकाशित मिति : २८ माघ २०७९, शनिबार १० : ४१ बजे
प्रतिक्रिया