सुनको मूल्यमा नयाँ कीर्तिमान

कोरोनाबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट अहिलेसम्म नेपालमा १२ हजार २० जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६० लाख ७ हजार १ सय ३७ जनाको पिसिआर परीक्षण गरिएको छ भने एन्टिजेन १५ लाख २ हजार ५ सय ७६ जनाको गरिएको छ । 

अस्पतालमा आएका मध्ये ९८  लाख ९ हजार ८७ जना उपचार निको भाइ घर फर्केका छन् ।

खोप अभियान सुरु भएदेखि अहिलेसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ खोप लगाई सकिएको छ ।  

शुक्रवार मात्र देशभर तीन जना कोरोनाका सङ्क्रमित थपिएका थिए । एक हजार ८५ वटा नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक जना सङ्क्रमणमुक्त समेत भएका छन् । 

देशभर अहिले ६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ७ : ४९ बजे