आन्तरिक हवाई उडानमा अत्यधिक चाप

विवेकशील साझाको प्रथम महाधिवेशन सुरु

काठमाडौँ । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन  काठमाडौँमा सुरु भएको छ। 

लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेशन आजबाट सुरु भएको हो।

काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आजबाट सुरु भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकाङ्क्षा व्यक्त गर्नुभएको छ  । तीनै जनाले भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसक्नुभएको छ ।

पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको विवेकशीलले महाधिवेशनमा दाहालले राजनीतिक दस्ताबेज पेस गर्नुहुनेछ भने प्रस्तावित विधान भने रमेश पौडेल पेस गर्नुहुने नेता मिलन पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ  । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।

शनिवारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष लगायत बहुपदीय संरचना निर्माण गर्नेछ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ११ : ४७ बजे