राजमार्गमा दृष्य एक, पीडा अनेक

१ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। 

सुनको मूल्य आज प्रतितोला १ हजार ३ सय रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला एक सय रुपैयाँ बढेको थियो 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । 

आज तेजाबी सुन प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४सय रुपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ।   

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ भने बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ११ : २१ बजे