आन्तरिक हवाई उडानमा अत्यधिक चाप

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा सुरु

काठमाडौँ ।  सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक  सुरु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेकोजस्ता बदलिएको राजनीतिक परिस्थितिका बीच उच्चस्तरीय राजनीतिक संयन्त्र बैठक बसेको हो । 

बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी हुनुहुन्छ । 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ०१ बजे